Like us!
Follow us!
Connect us!
Watch us!

ट्रस पुल उद्घाटन

रबिन दङगाल

आइतबार, ०५ साउन २०७६, ११ : ३० मा प्रकाशित

ट्रस पुल उद्घाटन

अर्थ संसार, भक्तपुर- प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न विकासमा ऐक्यबद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने नारालाई आत्मसात गरी अघि बढ्नु पर्ने बताएका छन् ।

जस्तिक तज टोल विकास समितिको आयोजनामा हनुमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको शनिबार उद्घाटन गर्दे उनले रातलाई अँध्यारो भयो भनी सराप्नुभन्दा एउटा बत्ती बाली उज्यालो वातावरण सिर्जना गर्नुपर्ने विचार राखे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख तथा हनुमन्ते नदी सफाइ अभियानका संयोजक बासुदेव थापा, सहसंयोजक तथा उपप्रमुख जुनादेवी बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाललगायतले हनुमन्ते करिडोर निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको