Like us!
Follow us!
Connect us!
Watch us!

युरोपेली आयोगको अध्यक्षमा पहिलो महिला निर्वाचित

रबिन दङगाल

बुधबार, ०१ साउन २०७६, ११ : ५० मा प्रकाशित

युरोपेली आयोगको अध्यक्षमा पहिलो महिला निर्वाचित

अर्थ संसार, फ्रान्स- जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी  हुन् ।

साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बनेकी छिन्। युरोपेली संघमा २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाइ समर्थन गरेका थिए । 

कूल ७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गर्नुभएको थियो । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्ने छिन् । हाल युरोपेली आयोगको अध्यक्षमा जाँ–क्लाउड जन्कर रएका छन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

बहुभाषी एवं सात बालबच्चाकी आमा उर्सुलाले मतदानपछि सांसदहरुलाई सम्बोधन गर्दै भनिन – बेलायतको बहिर्गमन पश्चात् युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरु रहेको र मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको छ । तैपनि मलाई निर्वाचित गराउनु भएकामा सबैलाई धन्यवाद दिन चाहन्छु ।

उनले भनिन , हामी सबै मिलेर रचनात्मक कार्य गर्नु पर्दछ, किनभने मेरो सम्पूर्ण प्रयत्न एकीकृत र बलियो युरोप बनाउनेतर्फ नै केन्द्रित हुनेछ । 

उर्सुलालाई विजयी गराउन जर्मनीले समर्थन गरेको थियो । यदि उनी पराजित भएको भए ब्रसेल्सको सर्वोच्च पदका लागि विभिन्न समूहबीच तीव्र र अस्वस्थ प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । 
ब्रेक्जिटको मुद्दा चर्को रुपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्नेछ ।

झिनो बहुमतका आधारमा निर्वाचित भएको प्रसंगमा नवनिर्वाचित उर्सुलाले भनिन, दुई साताअघि मलाई कसैले चिन्दैनथ्यो, र मसँग बहुमत पनि थिएन । तर छोटो अवधिमै मैले बहुमत जुटाउन समर्थ भएँ, र अब म सबैलाई साथमा लिएर कार्य गर्नेछु ।

जर्मन चान्सलर एन्जेला मर्केलले आफूसँग लामो समयदेखि कार्य गर्नुभएकी उर्सुला विजयी भएकामा खुशी लागेको बताए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले पनि उर्सुलालाई ट्वीटमार्फत बधाई दिँदै फ्रान्सले युरोपेली आयोगलाई हरदम सहयोग गर्ने बचनबद्धता व्यक्त गर्रे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको