Like us!
Follow us!
Connect us!
Watch us!
आइपिओ र हकप्रद निश्कासन गर्ने तयारी

साधनाले गर्यो आर्थिक समृद्धिलाई प्राप्ती, चुक्ता पुँजी पुग्यो ७ करोड ३५ लाख

अर्थ संसार

मंगलबार, ३१ असार २०७६, १८ : ५८ मा प्रकाशित

साधनाले गर्यो आर्थिक समृद्धिलाई प्राप्ती, चुक्ता पुँजी पुग्यो ७ करोड ३५ लाख

अर्थ संसार, काठमाडौं– साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तिय संस्थालाई प्राप्ती(एक्विजिशन) गरिसाधना लघुवित्त वित्तिय संस्थाको नामबाट मंगलबारदेखि एकीकृत कारोबार प्रारम्भ गरेको छ ।

केन्द्रिय कार्यालय हरमटारी गोरखामा एक औपचारिक समारोहका बीच मंगबालर नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकीकृत कार्यक्रमको सुरुवात गर्नुभयो ।

दुबै संस्थाले प्राप्तीका निमित्त सहमति पत्रमा२०७६/०२/२५ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारणसभावाट पारित विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७६/०३/२५ गतेको अन्तिम स्वकृती पत्रवाट आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति(एक्विजिशन) पश्चात्  बन्ने संस्था“साधना लघुवित्त वित्तीय संस्था लिमिटेड” ले बेहोर्ने, सकार्ने गरी प्राप्ति(एक्विजिशन) गर्न स्वीकृती प्राप्त भएकोमा सम्पूर्ण आवश्यक प्रक्रियाहरु पुरा गरी नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७६/०३/२७ गतेको पत्रवाट समेत स्वीकृति प्राप्त गरेकाथिए ।

प्राप्ति पश्चात ्वित्तीय हालको चुक्तापूँजी रु.७ करोड ३५ लाख हुने र संस्थाको कुल निक्षेप रु २८ करोड, कुल लगानी रु. १ अरव २० करोड, शाखा संख्याकुल ४०, सदस्य संख्या ३३,००० हुनेछ ।

वित्तीय संस्थाको आगामी आर्थिक वर्ष २०७६÷७७ को योजना अनुसार १ः१ (१०० प्रतिशत) हकप्रद शेयर तथा सर्वसाधारण शेयर जारीपश्चात् संस्थाको चुक्ता पूँजी २१ करोड रहने छ भने हाल उक्त प्राप्ती (एक्विजिशन) पश्चात् बन्ने संस्था “साधना लघुवित्त वित्तीय संस्था लिमिटेड” अंग्रेजीमा æSadhanaLaghubittaBittiyaSansthaLimitedÆ  को नामवाट कारोवार हुने साथै रजिष्टर्ड (केन्द्रीय) कार्यालय प्रदेश नं ४, गोरखा जिल्ला,गोरखा नगरपालिका वडा नं.६, हरमटारीमा रहनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको