Like us!
Follow us!
Connect us!
Watch us!

तपाईंसँग ड्रोनमार्फत गर्ने कामको कुनै आडिया छ ? डलर जित्न तयार हुनुस्

बुधबार, २६ माघ २०७३, १० : ४१ मा प्रकाशित

तपाईंसँग ड्रोनमार्फत गर्ने कामको कुनै आडिया छ ? डलर जित्न तयार हुनुस्

अर्थ संसार

काठमाडौँ – के तपाई नेपालमा बसेर ड्रोनमार्फत सेवा दिन चाहानुहुन्छ ? के तपाईसँग ड्रोन बिजनेससँग सम्बन्धित नयाँ आइडिया छ ?  हुइ रोबटिक नामक संस्थाले नेपाल फ्लाइङ ल्याब, नेपाल इन्जिनियरिङ एसोसिएसन र रोबटिक एसोसिएसन अफ नेपालको सहकार्यमा ‘सेवाका रुपमा ड्रोन’ नामक प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

आइडिया भएका व्यक्तिले माघ १ गतेदेखि फागुन १७ गतेसम्म सितैमा आफ्नो आइडिया दिन सक्नेछन् । त्यसपछि आफ्नो समूहसहित विस्तृत रुपमा आइडिया प्रस्तुत गर्नु पर्नेछ । 

आएका आइडियामध्ये ४ वटा आइडियालाई छानेर एक कार्यक्रममा प्रस्तुत गरिने जानकारी संस्थाले दिएको छ । आइडिया छनोट भइसकेपछी चैत २८ देखि बैशाख १ गतेसम्म सेमिनार गरेर आइडियालाई ठोस बिजनेसमा लैजाने तरिकाको बारेमा सिकाइने छ । प्रत्येक टिमले ५ सय अमेरिकन डलर प्राप्त गर्नेछन् । 

प्रतियोगिता पश्चात एउटा बिजेता समुहले ७ हजार ५ सय अमेरिकन डलर प्राप्त गर्नेछ । थप जानकारीका लागि [email protected] वा फोत ९८५१२१६१२६ मा सम्पर्क गर्न सकिने छ । 

आइडिया दिनको लागि यो लिंकमा क्लिक गर्नुहोला ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको