Like us!
Follow us!
Connect us!
Watch us!

Honor को बजेट स्कमार्ट फोन नेपाली वजारमा

रबिन दङगाल

मंगलबार, ३१ असार २०७६, १३ : ५९ मा प्रकाशित

Honor को बजेट स्कमार्ट फोन नेपाली वजारमा

अर्थ संसार, काठमाडौं- नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि. लेएक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको Honor 8A लञ्च गरे लगत्तै त्यही सेगमेण्टमा “Honor 8S” नेपाली वजारमा भित्राएको छ । यो फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी वजारमा ल्याएको छ ।


Honor 8S मा 5.71 Inch को Dew Drop Notch Display, 13 MP f/1.8 को Primary Camera र 5 MP f/2.2 को Selfie Camera रहेको छ । यो फोनको पछाडी एउटा मात्र केमेरा भए पनि यसको wider aperture size का कारण यसले अविश्वसनीय bokeh effect दिनेछ । यस फोनमा Mediatek को MT 6761 HELIO A22 processor का साथै Memory को लागि 2GB RAM र 32GB को internal memory दिइएको छ । यो फोन Android 9.1 operating system मा चल्नेछ । उक्त फोनमा 3020 MAH को Battery  उपलब्ध गराइएको छ । सुरक्षाको दृष्टिकोणले यसमा  Face unlock र raise to wake function रहेको छ साथै यसले low light condition मा पनि राम्ररी कार्य गर्नेछ ।


Honor 8S का विशेषताहरु :

Display: 5.71-inch LCD IPS display

Resolution: HD+ (720 x 1520 pixels), 19:9 aspect ratio @ 295PPI 

Chipset: MediaTek Helio A22 

CPU: Quad-core 2.0 GHz Cortex-A53 

GPU: PowerVR GE8320 

OS & UI: Android Pie (v9.0) with EMUI 9 Lite on the top 

RAM: 2 GB  Storage: 32 GB, up to 512 GB expandable storage (Dedicated SD card slot) 

Rear Camera: 13MP, f/1.8, LED flash

Front Camera: 5MP, f/2.2

Sensors: Accelerometer, proximity

Battery: 3,020mAh

यसको उपभोक्ता मुल्य १२,५००।– तोकिएको छ । उक्त फोन नेपाली वजारमा निलो र कालो रङ्ग मा उपलब्ध हुनेछ । Honor 8Sआफ्नो सेगमेण्टकै सवैभन्दा धेरै फिचर्स भएको स्मार्टफोन हुनेछ । Honor 8S अत्याधिक मात्रामा उपभोक्ताहरुले मन पराउने विश्वासकम्पनीले लिएको छ ।
सोही कार्यक्रममा अनर नेपालले आफ्ना केही प्रचलित मोडलहरुको मुल्य निम्नबमोजिम समायोजन गरेको छ :

Honor 7S – रु.12,190 वाट घटाएर रु.11,190 बनाएको छ ।
Honor 10 Lite – रु. 23,990 वाट घटाएर रु. 20,900 बनाएको छ ।
Honor 8X – रु. 28,990 वाट घटाएर रु. 25,990  बनाएको छ ।

5d2d8e0c2471c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको