Like us!
Follow us!
Connect us!
Watch us!

प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

रबिन दङगाल

मंगलबार, ३१ असार २०७६, १२ : ४५ मा प्रकाशित

प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

अर्थ संसार, जनकपुरधाम- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याएका  छन्।

धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्  ।
    
दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको मन्त्री यादवले उल्लेख गरे । 
    
कमला नदीको बाँधमा कटान हुनसक्नेतर्फ इङ्गित गर्दै उनले  सम्भावित जोखिमलाई दृष्टिगत गरी उच्च प्राविधिकद्वारा बाँध मर्मत तथा संरक्षण तत्काल गर्नु आवश्यक भएकामा उनले जोड दिए । 
    
प्राकृतिक विपद्मा राजनीति नगरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु जरुरी भएको बताउँदै उनले राहतका लागि मात्र सरकारमाथि नै आश्रित हुने आकांक्षा त्यागी आ–आफ्ना सामथ्र्य पनि प्रयोग हुनु आवश्यक छ भने ।
    
मन्त्री यादवले सरकारले बाढीबाट पीडितलाई उद्धार  गर्न गोताखोरलाई विशेष सुविधा दिने घोषणा गरिसकेको र यस विपत्तिमा गोताखोरको सङ्ख्या बढाउनु जरुरी भएको जानकारी दिए।

एक फरक प्रसङ्गमा उनले जनकपुरधाम विमानस्थलमा ‘रिफिल सेन्टर’ साउन १० गतेदेखि सञ्चालन हुने जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको