Like us!
Follow us!
Connect us!
Watch us!

सुन्नुहोस आजको सुनको भाउ, बैशाख पछि ४९०० बढ्यो

मिलन खड्का

मंगलबार, ३१ असार २०७६, ११ : ५४ मा प्रकाशित

सुन्नुहोस आजको सुनको भाउ, बैशाख पछि ४९०० बढ्यो

अर्थ संसार, काठमाडौं– आज मंगलवार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार ६४ हजार ५००  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही रुपैयामा कारोबार भएको भईरहेको छ ।
 
त्यसैगरी  सोमबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य सोही रुपैयामामा कारोबार हुँदै छ  ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ३०० रुपैयाँ काय म गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४५ रुपैयाँ कायम गरेको छ। 
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६२१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
 
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । विदेशमा भन्दा नेपालमा सुनको भाउ झन्डै दोब्बरले बढ्ने गरेको छ । भन्सार शुल्क यसको कारण रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको