Like us!
Follow us!
Connect us!
Watch us!

खोलाले बगाएर अढाई वर्षीय बालकको मृत्यु

अर्थ संसार

सोमबार, ३० असार २०७६, १४ : ५१ मा प्रकाशित

खोलाले बगाएर अढाई वर्षीय बालकको मृत्यु

अर्थ संसार, झापा - झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ ।

मेचीनगर–१३ का गङ्गाराम प्रसाईंको अढाई वर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो । आज बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालकलाई बगाउँदै गरेको उनका बाबुले नै देखेपछि स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । योसँगै झापामा बाढीले बगाएर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको