Like us!
Follow us!
Connect us!
Watch us!

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

अर्थ संसार

सोमबार, ३० असार २०७६, १३ : ३० मा प्रकाशित

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

अर्थ संसार, काठमाडौं– यही असार २७, २०७६ मासिप्रदी टे«डिङ्ग प्रा. लि. तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको उक्त कार्यक्रममा सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक डिलरहरुलाई आमन्त्रित गरि कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु  श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक  मुकुन्दधमलाले नेपालको मार्केट प्रतिभारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशापनि धेरै रहेको कुरामाजोड दिनु भयो ।

  साथै सिप्रदीकाउप जनरल म्यानेजर रोशनकुमार श्रेष्ठले कम्पनीको हालअपनाई रहेको रणनिति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा नेपाल भरी रहेका सिप्रदी सँग आबद्ध डिलरहरु मध्येउत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेश प्रसादगिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिदैं आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिनुभयो, साथै कम्पनीले अपनाउने आगामीे रणनितिमा प्रतिबद्धता व्यक्तगर्नु भएको थियो ।
सिप्रदी, भारत पेट्रोलियमको ल्युब्रिकेन्टस्को लागिविगत १७वर्ष देखि नेपालको एक मात्र आधिकारिक वितरक हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको