Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीको छिनेडाँडामा कामना सेवाको शाखा

अर्थ संसार

सोमबार, ३० असार २०७६, १३ : ११ मा प्रकाशित

कास्कीको छिनेडाँडामा कामना सेवाको शाखा

अर्थ संसार, काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की  जिल्लामा पोखरा  महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा आइतबार आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक चतुराखर अधिकारी,संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गर्नु भएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
 
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९४ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको