Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको ऋणपत्र साउन ६ गतेदेखि बजारमा, व्याजदर कति ?

अर्थ संसार

सोमबार, ३० असार २०७६, १२ : ५१ मा प्रकाशित

एनआइसी एशिया बैंकको ऋणपत्र साउन ६ गतेदेखि बजारमा, व्याजदर कति ?

अर्थ संसार, काठमाडौं  नीजि क्षेत्रको सवै भन्दा ठूलो बैंक एनआइसी एसिया बैंकको  ४४ लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि निश्कासन हुने भएको छ ।

 यसमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी २६ लाख ४० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०।२५ प्रतिशत ब्याज पाइनेछ ।
 
एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । 
 
लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

एनआइसी एसियाको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी-आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको