Like us!
Follow us!
Connect us!
Watch us!

जाने होइन इक्यान शैक्षिक मेलाको अवलोकन गर्न (भिडियोसहित)

मिलन खड्का

शुक्रबार, २७ असार २०७६, १९ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले १३औँ शैक्षिक मेला राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको छ ।   मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई गरेका थिए । शैक्षिक मेला यस बर्षको संस्करण चार दिनसम्म चल्ने छ ।

उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी शैक्षिक मेलाको  आयोजना गरिएको संघका अध्यक्ष बिष्णुहरि पाण्डेले बताए ।

मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था र भारत, चीन बगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रसलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिको सहभागीता रहेको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवं अवसरबारे सुचना प्रवाह गर्ने उद्देश्य राखिएको मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्था, विश्वविद्यालय, र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति एवं अन्य सुविधा, गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गरिएको संघका महासचिव शेषराज भट्टराईले बताए ।

यस पटकको मेलामा विगतमा भन्दा केही नयाँ विशेषताहरु हुने भन्दै पाण्डेले इक्यानले करिब चार सय स्टल रहने प्रदर्शनीमा क्षेत्र फ्रि वाईफाइ, लाइभ टक शोको व्यवस्था रहेको छ ।  मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क बस सेवाको व्यवस्था समेत रहेको छ ।

 

5d28a2cd3374d.JPG 5d28a2dabd9d0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको