Like us!
Follow us!
Connect us!
Watch us!

घोडिघोडा लघुवित्तको आइपिओ बाँडफाँड, कतिले पाए शेयर ?

अर्थ संसार

शुक्रबार, २७ असार २०७६, १३ : ३३ मा प्रकाशित

घोडिघोडा लघुवित्तको आइपिओ बाँडफाँड, कतिले पाए शेयर ?

अर्थ संसार, काठमाडौं – घोडिघोडा लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ) शुक्रबार शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको केन्द्रिय कार्यालय कमालादीमा  शेयर बाँडफाँड भएको हो ।
 
आइपीओमा रितपूर्वक आवेदन दिएका २ लाख ८५ हजार ५६५ जनामध्ये १२ हजार ४५९ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले शेयर दिइएको हो । आइपीओमा आवेदन दिएका ४९० जना लगानीकर्ताको आवदेन रद्द भएको छ ।
 
घोडिघोडाले असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ हजार ३८० कित्ता सेयर कर्मचारी र ६ हजार ६३० कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको