Like us!
Follow us!
Connect us!
Watch us!

सूचना प्रवाह संगै  ब्यबसायीक  ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’गर्छौं –पुजा कोइराला

मिलन खड्का

विहीबार, २६ असार २०७६, १६ : ४७ मा प्रकाशित

सूचना  प्रवाह संगै  ब्यबसायीक  ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’गर्छौं –पुजा कोइराला

तपाईलाई लाग्न सक्ला  विज्ञापन गर्न मात्रै लाखौ लाग्ने नेपालमा ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’ गर्न त् साना तथा मझौला व्यावसायले सक्दैन सामान्य हेर्ने हो भनी  विज्ञापन गर्ने रहर सबैमा हुन्छ तर हामि अझै पनि मासु खान दशैँ तिहार कुरे जस्तै आफ्नो व्यावसायको प्रमोट गर्न पनि दशैंनै कुर्दै छौ जसले गर्दा हामीले आफ्नो व्यावसायले सके जतिको फाइदा र मुल्य कमाउन सकेको छैन, यो यथार्थ हो तर अब तपाईलाई यदि आफ्नो ब्याबसाय तथा अन्य स्थालको विज्ञापन मात्र  होइन ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’ गर्न बार्षिक २५००मात्रै लाग्छ भन्दा विश्वास नलाग्ला तर यो यथार्थ हो अझै विश्वास नलाग्ने कुरा त् बार्षिक २५०० मा विश्व भरका मानिले ब्यबसायीक गतिविधि थाहा पाउने छन त्यही कुरालाई लिएर आज हामी २५०० मा विज्ञापन मात्र  होइन ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’ गर्छौं भन्दै गत बैशाख देखि सुचारु भएको नेपाल इन्फोकि २१ वर्षीय कार्यकारी प्रमुख पुजा कोइराला संग कुराकानी प्रस्तुत गरेको छौ  अझै रोचक पक्ष त् के छ भने भिडको पछाडी  लाग्ने भनौ या हासी मजाक गर्ने उमेरका युवा समुहले यो काम गरेको छ ।

प्रश्न १. नेपाल इन्फो के हो  ?

नेपाल इन्फो (www.nepalinfo.net)   एउटा मोवाइल एप्लिकेशन हो जस्लाई सजिलै संग प्ले स्टोर र एप स्टोरमा  गएर डाउनलोड गर्न सकिने छस भनी यो डिजीटल नेपालको अवधारणा लाई मुर्त रुप प्रदान गर्ने दरिलो माध्यम बन्न सक्ने विश्वासका साथ ,एउटा पूर्ण बिबरण भएको नेपालको पहिलो एप हो ,जहाँ नेपालमा रहेको ब्यवसाय, उधम ,स्थानिय सरकार र प्रतिनिधिको विवरण,आवश्यक ब्यक्ति तथा कार्यलयको सम्पर्क ,घुम्नलायक स्थानको विवरण साथै नागरिक वडापत्र र डिजिटल सटरको व्यबस्था गरिएको छ ।

जस्को माध्यमबाट  नेपालका ब्यवसाय ,उधम ,उधोग ,पर्यटकीय स्थल र स्थनीय सरकार र आम नागरिक  डिजीटल युगको गन्तब्यमा प्रवेश गर्ने छन ।

प्रश्न २ . नेपाल इन्फोमा कस्ता कुरा उपलब्ध छन ?

नेपाल इन्फोमा 

  •  सिटि इन्फो:
    सिटि इन्फो नेपाल इन्फोको एउटा फिचर हो जहाँ आम सेवाग्राहीले सजिलै संग शहरमा अबस्थित ब्यबसाय तथा आवश्यक नम्बर देखि सम्पूर्ण शहरको विवरण पाउन सक्ने छन यस फिचरमा ब्यबसायको ठेगना म्यापको प्रयोगबाट देखाइएको छ जसको प्रयोगबाट ब्यवसाय र आम उपभोक्ता बीचको दुरीलाई कम गर्न सकिने छ।

  • स्थनीय सरकार तथा जनप्रतिनिधिको विवरण :नेपाल इन्फो भित्र स्थनीय सरकार तथा जनप्रतिनिधिको विवरणलाई समेत राखिएको छ २० बर्षको प्रतिक्षाको प्रतिफल  तथा विभिन्न राजनीतिक परिवर्तनको उपलब्धीका रुपमा समेत रहेको स्थानिय सरकार कस्तो छ वडा कसरि बनेको छ वडागत जानकारी तथा जनप्रतिनिधिको परिचय सहितको विवरण उल्लेख गरिएको छ। 

  • पर्यटकीय स्थलको विवरण:नेपाल सौन्दर्यले भरिपूर्ण देश हो तर हामीले हाम्रो पर्यटकीय स्थल ,सास्कृतिक मुल्य मान्यतालाई हामीले देश विदेशमा प्रर्वधन र विज्ञापन गर्न सकेको छैनौ जसले गर्दा हामि अझै गरिवीको रेखा मुनि बस्न बाध्य छौ त्यही कुरालाई मध्यनजर गरि हामीले हरेक स्थानीय तहमा रहेका पर्यटकीय स्थल ,सास्कृतिक मुल्य मान्यतालाई यो एपमा समेटेको छौ ।

  • नागरिक वडापत्र :हरेक स्थनीय तह तथा  प्रदेश तथा संघ साथै विभिन्न निकायका आफ्नो आफ्नो वडापत्र हुन्छ तर आम नागरिकले वडापत्रलाई बिभिन्न स्रोतमा हेर्नु पर्ने झन्झट रहेको छ त्यही कुरालाई मध्यनजरलाई गरि हमीले नागरिक वडापत्रको समेत व्यवस्था रहेको छ ।

  • डिजीटल सटर :हरेक व्यावसाय र उधमको आफ्नो परिचय र आफ्नो ब्राण्ड हुन्छ तर अहिलेका डिजीटल ब्यापार अर्थात् अनलाइन ब्यापरले विभिन्न पसलको प्रोडक्टलाई ब्यापार गरि  आर्थिक रुपमा व्यावसायिलाई सफल बनाएको छ तर ब्राण्ड र नाम भने दिन्न सकेको छैन त्यही कुरालाई मध्यनजर गरि हामीले अहिले डिजीटल  सटरको अवधारणालाई अगाडी बढाएको छौ जसले व्यावसायलाई आर्थिक तथा समाजिक साथै ब्राण्डलाई राष्ट्रभर पुग्न मदत गर्छ  ।

  • पात्रो तथा राशिफल

  • समाचार तथा सुचना 

  • उधमशिलता  ,जवाफदेही पर्यटन र समाचार 

प्रश्न ३.सानै उमेरमा यसरी डिजीटल सुचना केन्द्रको सोच कहाँबाट आयो? 
विश्वनै आज  प्रविधिको प्रयोगबाट बिकासका  गन्तव्य तर्फ उन्मुख छ भनी हाम्रो नेपाल पनि त्यस प्रविधिको मोहबाट अछुत रहको छैन ,त्यही कुरा ब्यबसायमा समेत देख्न पाइन्छ त्यस्को प्रमाण हो बिगतमा ठुला ठुला कपडामा रंगको प्रयोग गरी आफ्नो ब्यवसाय प्रचार गरिएको पाइन्थ्यो ्र भनी त्यो भन्दा अगाडी काठमा कोइला वा खरीको प्रयोग गरेको पाइन्छ त्यही विज्ञापन शैली प्रविधिको पहुच सगै प्रत्रिका ,हुडिंग बोर्ड हुदै टिभी र पछिल्लो समयमा डिजीटल मिडिया वा डिजीटल फ्लेसको प्रयोग गरेको पाइन्छ त्यही विज्ञापन शैलीलाई सहजता प्रदान गर्न र हरेक  ब्यबसायलाई बिज्ञापनमा समानता प्रदान गर्नका निम्ति कालापत्थर नेटवर्क प्रा।लि कम्पनिको  माध्यमबाट नेपाल इन्फोको  अवधारणालाई अगाडी बढाएको  छौ ।

प्रश्न ४ .नेपाल इन्फोले कसरि काम गर्दै छ ?

नेपाल इन्फो ले अहिले इटहरीमा प्रधान कार्यलय स्थापना गरि प्रदेश १ को इटहरी , बिराटनगर पथरी साथै नेपालगंज ,बुटवल ,कोहलपुर सुर्खेत लगायता स्थानमा त्यही स्थानका युवालाई समेटेर  काम गर्दै छौ।

प्रश्न ५ . मानिसको नेपाल इन्फो  प्रतिको धारणा कस्तो छ ?
नेपाल इन्फो एउटा पृथक प्रयास हो ,बजारको नियम  हो ‘एकै पल्ट कुनै पनि बस्तु बजारमा छाप जमाउन सक्दैन, नेपाल इन्फोले पनि अहिलेको अवस्थामा बुझ्ने र त्यसमा ज्ञान हुने ब्यक्तिले राम्रो प्रतिक्रिया दिई रहेका छन भनी सल्लाह सुझावहरु समेत पाइरहेको छौ फेरी धारणा भन्ने कुरा मानिसको सोचमा भर पर्छ  छिट्टै डिजीटल सुचना केन्द्र र  ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’ गर्नु पर्छ  भन्ने  चेत आउछ र नेपाल इन्फोले सार्थकता पाउछ ।

प्रश्न ६ .नेपाल इन्फोमा ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’ कसरि गर्ने ?
एकदम सरल छ नेपाल इन्फो एप डाउनलोड गर्ने आफ्नो व्यावसायिक विवरण निशुल्क अपडेट गर्ने त्यस पछी हामी संग केहि ‘प्रोफाइल’ निर्माण र ‘ब्रांडिंग’ सम्बन्धि प्याकेज छन त्यसलाई नेपाल इन्फोको प्रतिनिधि मार्फत लिन सक्नु हुन्छ । तत्काललाई हामीले बार्षिक पच्चीस सय देखि पच्चीस हजार सम्मका प्याकेज बजारमा उपलब्धगराएको छौ ।

प्रश्न ७. नेपाल इन्फो भन्नु हुन्छ फेरी नेपाल भरिको सूचना त् छैन नि ?
नेपाल इन्फो नाम हो र हाम्रो लक्ष्य भनेको यो बर्ष २०७६ समा ७७ वटा जिल्लाको पूर्ण विवरण राख्ने हो  त्यस्का लागि हामि हरेक शहर जिल्ला बाट नेपाल इन्फोका लागि काम गर्न सक्ने युवाको समेत खोजिमा छौ ।

समय प्रदान गर्नु भएको धन्यवाद नेपाल इन्फोकि कार्यकारी प्रमुख पुजा कोइरालालाई साथै अन्त्यमा के भन्न  चाहनुहुन्छ ?
धन्यवाद , भन्नु पर्ने कुरा त् माथिनै भनी सके नेपाल इन्फोको बारेमा तर आम नागरिक युवा जो नेपालमै केहि गर्न चाहना  राख्नु हुन्छ त्यस्ता मानिसका लागि नेपाल इन्फो एउटा ब्यवसायीक सगै सामाजिक कार्य हो जस्ले राष्ट्र सगै आफुलाई पनि समृद्ध बनाउने काम गर्छ ,त्यसैले यदि नेपालमै केहि गर्न सोच राख्नु हुन्छ भने जोडिनु होस् ।

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको