Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

रबिन दङगाल

विहीबार, २६ असार २०७६, १५ : ४७ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी  घुससहित पक्राउ

अर्थ संसार,  काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।
 
विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ । आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले लगनखेलस्थित युएण्डबी फाष्टफुडबाट पक्राउ गरिएको थियोे । आरोपी विष्टको थप अनुसनधान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको