Like us!
Follow us!
Connect us!
Watch us!

कारबाहीमा सात आतङ्ककारी मारिए

रबिन दङगाल

विहीबार, २६ असार २०७६, १५ : ३३ मा प्रकाशित

कारबाहीमा सात आतङ्ककारी मारिए

अर्थ संसार, अफगानिस्तान- अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन् । 

तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताएका छन्।   

 सुरक्षाबलले एबुम्स थापेर उक्त कारबाही गरेका प्राप्त समाचारमा जनाइएको छ । हेलमाण्ड प्रान्तको पुल सेयाह क्षेत्रमा बुधबार अबेर राति सुरक्षा जाँचचौकी आक्रमण गर्न हिडेका ती तालिबान लडाकू समूहलाई सुरक्षाबलले एम्बुस आक्रमण गरेका बताइएको छ । 

सुरक्षाबल र तालिबान लडाकू समूहबीच भएको दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ कुनै क्षति नभएको जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको