Like us!
Follow us!
Connect us!
Watch us!

२४५ के.जी  गाँजासहित एक पक्राउ

रबिन दङगाल

विहीबार, २६ असार २०७६, १२ : २० मा प्रकाशित

२४५  के.जी  गाँजासहित एक पक्राउ

अर्थ संसार, धादिङ- गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
 

अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का  ४१ वर्षीय वीरबहादुर लामालाई पक्राउ गरिएको छ ।


आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीे जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको