Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो ?

मिलन खड्का

विहीबार, २६ असार २०७६, ११ : २९ मा प्रकाशित

फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो ?

अर्थ संसार, काठमाडौं– आज बिहीबार सुनको मूल्य बढ्को छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार ६४ हजार ३००  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४०० रुपैया बढेर ६४ हजार ७०० रुपैयामा कारोबार भएको भईरहेको छ ।
 
त्यसैगरी बुधबार ६४ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य ४०० रुपैया बढेर ६४ हजार ४०० रुपैयामामा कारोबार हुनेछ ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ४७० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार २१५ रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६२१ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । विदेशमा भन्दा नेपालमा सुनको भाउ झन्डै दोब्बरले बढ्ने गरेको छ । भन्सार शुल्क यसको कारण रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको