Like us!
Follow us!
Connect us!
Watch us!

पौडी खेल्न गएका दुई बालकको पानीमा डुबेर मृत्यु

रबिन दङगाल

बुधबार, २५ असार २०७६, १२ : ५८ मा प्रकाशित

पौडी खेल्न गएका  दुई बालकको पानीमा डुबेर मृत्यु

अर्थ संसार, बर्दिया- पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ । 

मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए । घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको