Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ विदेशमा बढ्दा, नेपालमा सुनको भाउ झन्डै दोब्बरले बढ्ने कारण छ यस्तो? (आजको सुनको भाउ सहित)

मिलन खड्का

बुधबार, २५ असार २०७६, ११ : २२ मा प्रकाशित

सुनको भाउ विदेशमा बढ्दा, नेपालमा सुनको भाउ झन्डै दोब्बरले बढ्ने कारण छ यस्तो? (आजको सुनको भाउ सहित)

अर्थ संसार, काठमाडौं– आज बुधबार सुनको मूल्य केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २०० रुपैया घटेर ६४ हजार ३०० रुपैयामा कारोबार भएको भईरहेको छ ।
 
त्यसैगरी मंगलवार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य २०० रुपैया घटेर ६४ हजारमा कारोबार हुनेछ ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार १२५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५४ हजार ८७० रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । विदेशमा भन्दा नेपालमा सुनको भाउ झन्डै दोब्बरले बढ्ने गरेको छ । भन्सार शुल्क यसको कारण रहेको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको