Like us!
Follow us!
Connect us!
Watch us!

समता काण्ड : आत्महत्या होइन, हत्या हो, गृहमन्त्रीले नै छानविन गर्नुपर्छ (भिडियो सहित)

मिलन खड्का

मंगलबार, २४ असार २०७६, १२ : ५४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामाशव भेटिएको घटना थप रहस्यमयबन्दै गएको छ । 

घटनाको सत्य, तथ्य छानविनको मागगर्दै विमलाका परिवार तथानिर्मला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन समितिबनाएर सत्यतथ्यपत्तालगाउनमाग गरेको छ । 

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्यायगर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो । 

तामाङको शवझुण्डिएको अवस्थामाअसार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो । रामेछाप, दोरम्बा घर भएकीविमलाले आत्महत्या गरेको नभै हत्याभएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमाभने आत्महत्या नै उल्लेख गरिएको छ । 

अघिल्लो दिन सोमबार राति विमला हराए पछि परिवारका सदस्यले खोजी सुरु गरेकाथिए । परिवारका सदस्यले भोलिपल्ट अस्पताल भित्रै ताल्चा लगाइ एकादुई कोठामा विमला भएको आशंका गर्दै खोल्ने प्रयास गरे । तर अस्पतालका कर्मचारीले सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेललाई नसोधी खोल्न नमिल्ने बताएपछि ढोका खोलिएन । भोलि पल्ट सोही कोठामा विमला झुन्डिएको अवस्थामा फेला परेकीथिइन् ।

यही घटनाक्रमले यो काण्ड रहस्यमय देखिएको हो । त्यसैगरी मृतकका साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेलापारेको थियो । उक्तनोटमादुई कर्मचारीको नामलेखिएको थियो भने ‘म्याम’भनेर सञ्जेलपत्नीकलालाई संकेत गरेको मृतक परिवारजनको दाबी छ । 

घटनाको प्रकृति हेर्दा आत्महत्याहुनै नसक्ने भन्दै परिवार र समितिले पत्रकार सम्मेलन गरेर अस्पताल प्रशासनले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको हो । 

पत्रकार सम्मेलनमा समितिले जारी गरेको प्रेस विज्ञप्तिमा गौशालाका डिएसपी प्रदिपकुमार सिंहले हेर्नुपर्ने केशलाई माथिल्लो निकायका डिएसपी होविन्द्र बोगटिलाई मृतकको परिवारको जाहेरी लिन एक हप्तासम्म आलटाल गरिएको आरोप लगाइएको छ । 

२ हप्तापछि मृतककातामाङ्को भिएसआर जाँच्न पठाइएको तर उक्त  परीक्षण परिवारको उपस्थितीबिनागरिएको समितिको आरोप छ । 

भिएसआर पुनः परीक्षण गर्न मागगर्दा शवबाट अब रगत नै नआउने भएकाले परीक्षण गर्न नमिल्ने जवाफचिकित्सकले दिएको पत्रकार सम्मेलनमा समितिकाअध्यक्ष सिंहदेव तामाङले बताए । 

राजनीतिकचलखेलकाकारण घटनाको सत्यतालुकाएर परिवारलाई अन्यायगर्न खोजिएको अध्यक्षतामाङको आरोप छ । “घटनाको छानविन गर्नुको साटो लास बुझ्नदबाबदिइयो । ताल्चालगाएको कोठाभित्रलास भेटिएको घटना छानविन नगरी कसरी सहमतिहुन सक्छ ?” तामाङले प्रश्न गरे । 

अध्यक्षतामाङले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउँदै आफैँ छानविनमा सहभागिहुनआग्रहसमेत गरे । 

आफूहरुले सकभर न्यायपूर्ण तरिकाले प्रशासनले नै सत्य तथ्यउजागर गरोस् भन्ने चाहेको तर छलछाम गरेर अन्यायगर्न खोजिएपछि बाध्यभएर पत्रकार सम्मेलन गरेको अध्यक्षतामाङले बताए । 

अभियुक्तलाई किटानी जाहेरी दिइएको जानकारी दिँदै तामाङले दोषीलाई जन्मकैद हुनुपर्ने माग गरे । साथै समता अस्पतालको कर्मचारी भएकानाताले विमलातामाङको परिवारलाई उचितक्षतिपूर्ति पनिदिनुपर्ने माग अघि सारिएको उनले बताए । 

समता अस्पतालको संचालक समिति माथि पनि छानविन हुनुपर्ने माग गरिएको छ । 

समितिले जारी गरिएको विज्ञप्तिमा हत्याको आशंकागर्दै लेखिएको छ–“हाम्रो विचारमा अस्पतालभित्र दुई नम्बरी धन्दाभइरहेको थियो । मृतकविमलातामाङ त्यसबारे केहीजानकार भएकाले त्यसलाई बाहिर उजागर गर्लिन भनेर विषखुवाई वाइन्जेक्सनदिई मारेको हुनपर्छ भन्ने हाम्र्रो बुझाई छ ।”

समितिले अपराधीलाई जन्मकैदको सुनिश्चितता र विमालको परिवारले पाउनुपर्ने क्षतिपूर्ति नपाए सम्म लास नबुझ्ने अडान लिएको छ । 

पत्रकार सम्मेलनमा विमलाका श्रीमान् बुद्धराजतामाङ उपस्थित भए पनि केही बोलेनन् । समितिले उनी शोकमा भएकाले केही बोल्न नसक्ने जानकारी गराएको थियो । 

5d243efea7bf1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको