Like us!
Follow us!
Connect us!
Watch us!

एसिड प्रहारबाट घाईते भएकी तुलसीको मृत्यु

सोमबार, २४ माघ २०७३, १५ : ५० मा प्रकाशित

एसिड प्रहारबाट घाईते भएकी तुलसीको मृत्यु

अर्थसंसार

काठमाडौँ –एसिड प्रहारबाट गम्भीर घाईते भएकी २७ बर्षिया तुलसी सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित मेरीडियन होटेलमा एसिड प्रहारबाट गम्भीर अवस्थामा फेला परेकी सापकोटाको केहीबेर अघि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

सापकोटालाई एसिड प्रहार गर्ने धादिङ्ग नौबिसेका २८ बर्षिय सुनिल कोईरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

होलटमा सँगै बसेका कोईरालाले उनलाई राती सुतेको समयमा एसिड प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् । एसिड प्रहारको कारण खुल्न नसकेको बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासीनीले बताए । समय समयमा एसिड प्रहारका घटनाहरु धेरै सुनिन थालेका छन् ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको