Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : घोडीघोडा लघुवित्त वित्तीयको आईपीओ खुल्ला ,कति गर्ने त लगानी ?

मिलन खड्का

शुक्रबार, २० असार २०७६, ०८ : ५० मा प्रकाशित

लगानीको अवसर : घोडीघोडा लघुवित्त वित्तीयको आईपीओ खुल्ला ,कति गर्ने त लगानी ?

अर्थ संसार, काठमाडौं– घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड को आईपीओ आजबाट  निष्काशन खुला गरिएको छ। 

प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको  हो । कम्पनीको शेयर न्युनतम कित्ता १० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिनेछ ।यसमध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

घोडीघोडाको आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलामा साउन १९ गतेसम्म भर्न सकिनेछ । आईपीओ बिक्रीपछि  यस लघुवित्तको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगनेछ ।

कहाँबाट आवेदन दिने ?
 यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

कति दिने आवेदन ?
पुँजी बजारमा लद्युवित्त वित्तीय संस्थाको  आइपीओमा लगानीकर्ता झुमिएको देखिन्छ । कम कित्ता र लगानीकर्ताको आवेदन बढी पर्ने भएकाले न्यूनमत कित्ता मात्रै आवेदन दिए हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको