Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक मसान्तमा लगानीकर्तालाई अवसर नै अवसर, कुन कुन कम्पनीका आईपिओ आउँदै ?

मिलन खड्का

विहीबार, १९ असार २०७६, २१ : ४७ मा प्रकाशित

आर्थिक मसान्तमा लगानीकर्तालाई अवसर नै अवसर, कुन कुन कम्पनीका आईपिओ आउँदै ?

अर्थ संसार, काठमाडौं-बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि र असारे मसान्तको हिसाब किताबमा व्यस्त हुँदा  लगानिकर्तालाई भने आईपिओको भर्न भ्याइ न भ्याइ हुने देखिन्छ । यस्ता छन लगानिको मौका :

१.हिमाल दोलखा हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले असार २५ गतेदेखि साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।
कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपिओ निश्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४  कित्ता शेयर कर्मचारीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता आइपिओ सर्वसाधारणलाई जारी गर्नेछ ।
आईपिओ निश्कासन बन्द मिति छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्छन् । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।

२.घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड को आईपीओ भोलीबाट निष्काशन खुला हुदैँछ ।

प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन हुन लागेको हो । कम्पनीको शेयर न्युनतम कित्ता १० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिनेछ ।यसमध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

घोडीघोडाको आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलामा साउन १९ गतेसम्म भर्न सकिनेछ । आईपीओ बिक्रीपछि  यस लघुवित्तको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगनेछ ।

३.आँधिखोला लघुवित्त वित्तीय संस्था
आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता शेयर विक्री खुल्ला गर्ने भएको छ।

सर्वसाधारणको लागि ३ लाख ७५ हजार, कर्मचारीका लागि ५ हजार र म्युचुअल फन्डको लागि २० हजार कित्ता प्राथमिक शेयर असार २२ गतेदेखि बिक्री खुला गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । संस्थाले पहिलो चरणका लागि असार २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको