Like us!
Follow us!
Connect us!
Watch us!

बैंक मर्जरको तुरुप !

सोमबार, ०२ मंसिर २०७६, ०७ : ३९ मा प्रकाशित

बैंक मर्जरको तुरुप !

नेपालको बित्तिय संस्थाहरुको इतिहास हेर्ने हो भने कहिले बैक तथा बित्तिय संस्था खोल्न जति पनि लाइसेन्स बितरण गर्ने त, कहिले आफुले अनुमति दिएर खोलेका बैक तथा बित्तिय संस्थाहरु धेरै भए मर्जरमा जाउ भन्ने ! यस्तो दोहोरो चरित्र आखिर के का लागि, कसका लागी, यसको पछडि लुकेको रहस्य के हो रु लगानीकर्ता जान्न चाहान्छन् । केहि कुराहरू खुलेर भनिदैन तर हाउभाउले सबै कुरा बुझिन्छ ।

पहिला एक लट लाइसेन्स बितरण भन्दै हात मिलायो अब त्यो लट सकियो । अब फेरी बिग मर्जर भन्दै हात मिलायो अनि यो पनि सकिन्छ, फेरि अर्को फेरि आइडिया फुरायो हात मिलायो । यदि साच्चिकैकै देशको अर्थतन्त्रको अध्यन, आवश्यकता विश्लेषण गरेर बिगतमा लाइसेन्स बितरण गरिएको भए यति चाडै मर्जरमा जाउ भन्नु पर्ने आवश्यकता नै थिएन।

भनिन्छ नि, नेपालको कर्मचारी प्रशासन बाहिर एउटा भन्छ तर भित्र नियत अर्को हुन्छ । नेपालको कर्मचारी प्रशासनको ओपन सेक्रेट के हो भने टेबलमुनि बाट हात नमिलाई त एउटा सानो फाइल सार्न त गाह्रो हुन्छ भने यतिका बैंक तथा वित्तीय संस्थाहरु खोल्न टेबल मुनिबाट हात नमिलाई यति कै लाइसेन्स दिईएको होला भन्ने कुरामा पुर्ण बिश्वास गर्न भने गाह्रो छ ।

पहिला एक लट लाइसेन्स बितरण भन्दै हात मिलायो अब त्यो लट सकियो । अब फेरी बिग मर्जर भन्दै हात मिलायो अनि यो पनि सकिन्छ, फेरि अर्को फेरि आइडिया फुरायो हात मिलायो । यदि साच्चिकैकै देशको अर्थतन्त्रको अध्यन, आवश्यकता विश्लेषण गरेर बिगतमा लाइसेन्स बितरण गरिएको भए यति चाडै मर्जरमा जाउ भन्नु पर्ने आवश्यकता नै थिएन।

मर्जर मै जानु थियोे भने पहिला किन यसरी लाइसेन्स बितरण गरियो त  ? गम्भिर प्रश्न खडा हुन्छ यहाँ ।  प्रश्न सजिलो छ तर उत्तर भेट्टाउन गार्‍हो छ । अहिलेको यो बिग मर्जरको तुरुप पनि देश र जनताको आवश्यकताको अध्यनको आधारबाट ल्याइएको भन्दा पनि यसरी बिग मर्जरको तुरुप फ्याकेर केहि प्राप्त होला कि भन्ने आशामा ल्याइएको हो कि भन्ने आशंका गर्ने ठाउँ हरु धेरै छन् ।

बिग मर्जरबाट नेपालको पुँजी बजारमा पर्ने एक ठूलो प्रभाब मध्ये मर्जर अवधि भर शेयर कारोबार रोक्का हुनु हो । मर्जर भन्दै लामो समयसम्म शेयर कारोबार रोक्का राख्दा लगानीकर्ताको सम्पति फ्रिज हुन्छ, जसको कारण लगानीकर्ताको लगानीको अवसर गुमाउ छ।

बिग मर्जरबाट नेपालको पुँजी बजारमा पर्ने एक ठूलो प्रभाब मध्ये मर्जर अवधि भर शेयर कारोबार रोक्का हुनु हो । मर्जर भन्दै लामो समयसम्म शेयर कारोबार रोक्का राख्दा लगानीकर्ताको सम्पति फ्रिज हुन्छ, जसको कारण लगानीकर्ताको लगानीको अवसर गुमाउ छ, टाइम भेलु अफ मोनि कारण लगानीकर्तालाई नोक्सान पुग्न्न सक्छ यसको क्षतिपुर्ती कसले तिर्ने  ? मर्जर भन्दै छोटो अबधिको लागि कारोबार रोक्नु ठिकै हो तर, मर्जर कै नाममा महिनौसम्म बषौंसम्म कारोबार रोक्नु भनेको लगानीकर्ताहरुको सम्पति माथि खेलवाड गर्नु हो।

नेपालको अर्थतन्त्र खुला अर्थतन्त्र हो । प्रतिस्पर्धाको आधारमा मुल्य निर्धारण हुने नीति अंगिकार गरेको । तर, बिग मर्जर कै कारण वित्तीय बजारमा प्रतिस्पर्धाको आधारमा ब्याजदर निर्धारण नभई कार्टेलिङ गर्ने सम्भावना पनि उत्तिकै रहन्छ । यस तर्फ सजक हुन जरुरी छ ।

सरकारी स्वामित्वका बैकहरुको काम कारबाहि निकै सुस्त देखिन्छ । अब बिग मर्जर भन्दैमा बैकहरुको गुणस्तरमा रातारात त सुधार आउँदैन। कर्मचारीहरुको दक्षता एव क्षमता अभिवृद्धि गरिनु पर्छ। मर्जरको कारण एउटै कम्पनिको ठूलो संख्यामा शेयर हुने हुँदा मुल्य वृद्धि गर्न फुल्याउने सम्भावना कम रहन्छ । मर्जरले गर्दा रातारात कम्पनीको आम्दानी बढ्ने , गुणस्तरमा सुधार हुने होईन । जसको लागि निरन्तर सुधार चाहिन्छ ।

मर्जरको कारण पुँजी धेरै हुने हुँदा बैंकहरुले ठूला प्रोजेक्टहरुमा , मेघा प्रोजेक्टमा लगानी गर्न सक्छन् । नेपालमा जति पारदर्शिता , जवाफ देहिता , स्वच्छता भने पनि मर्जरका कारण एक हुने कर्मचारी कर्मचारी बिच जुगाको लडाइ हुन्छ नै तर त्यो सतहमा कति आउछ भन्ने मात्र हो ।

शेयर बजारमा मर्जरको नाममा शुरु शुरुमा खेलाडीहरुले फलानो कम्पनी फलानो कम्पनीसँग जाने भयो वा भित्राउने भयो भन्दै नानाथरी कुरा गरि खेल्ने सम्भावना रहन्छ , यस तर्फ लगानीकर्ता सजक हुनुपर्छ । मर्जर भन्दैमा पोइल जाने वा घर ज्वाइँ बस्ने मात्र नहोस् ।मर्जर कसैको लागि मात्र कमाउने तुरुप नबनोस ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको