Like us!
Follow us!
Connect us!
Watch us!

नदीले बगाएर दुई बालक मङ्गलबारदखि बेपत्ता

रबिन दङगाल

बुधबार, १८ असार २०७६, ११ : ०७ मा प्रकाशित

नदीले बगाएर दुई बालक मङ्गलबारदखि  बेपत्ता

अर्थ संसार, काठमाडौं- १८ असार पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।

मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको