Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बड्दै टिपर आतंक : टिपरको ठक्करले भक्तपुरमा एकको मृत्यु

रबिन दङगाल

सोमबार, १६ असार २०७६, १४ : १३ मा प्रकाशित

फेरी बड्दै  टिपर आतंक :  टिपरको ठक्करले भक्तपुरमा  एकको  मृत्यु

अर्थ संसार , भक्तपुर- मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिएका छन्। 

काठमाडौँबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ५३४३ नं मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए। दुबै सवारी साधन महानगरीय प्रहरी वृत्तथिमिको नियन्त्रणमा राखेको र फरार टिफर चालकको खोजी भइरहेको उनले जानकारी दिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको