Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करीमा ठूला माछाः एसएसपी खत्री पक्राउ

आइतबार, २३ माघ २०७३, १६ : १९ मा प्रकाशित

सुन तस्करीमा ठूला माछाः एसएसपी खत्री पक्राउ

अर्थ संसार

काठमाडौं–त्रिभुवन विमान स्थलबाट हुने सुन तस्करीलाई सघाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि) ले प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी)  श्याम खत्रीलाई आइतबार पक्राउ गरेको छ। उनी यसअघि भएको ३४ किलो सुन तस्करीका बेला त्रिभुवन विमानस्थलमा कार्यरत थिए । विमानस्थल बाहिरबाट उक्त सुन बरामद भएपछि अनुसन्धान गर्न एसएसपी खत्रीलाई प्रहरी हेडक्वाटरमा तानिएको थियो । ।

दुवइबाट ल्याइएको ३४ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि पुस २१ गते प्रहरीले बरामद गरेको थियो । सुन तस्करीमा संलग्न भएको आरोपमा सिआइबीले बाँकेका गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई नियन्त्रणमा लिएको थियो। सुन छुटाउन सघाएको आरोपमा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई समेत पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । 

भन्सारका कर्मचारीले सुनतस्करीमा एसएसपी खत्रीसमेत संलग्न भएको बयान दिएका थिए । त्यसपछि प्रहरी हेडक्वाटरले उनलाई विमानस्थलको सुरक्षाको जिम्मेवारीबाट मुक्त गरेको थियो । अनुसन्धानका क्रममा सुन तस्करहरुसँग एसएसपी खत्रीले नियमित रुपमा रकम असुल्ने गरेको पाइएको स्रोतले दावी गरेको  छ ।

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भइरहे पनि प्रहरीले अहिलेसम्म त्यसका भरियालाई मात्र पक्राउ गर्दै आएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीका ठूला माछा अरु रहेको भनेर तस्करलाई पक्राउ गर्नु नसक्नुमा लाचारी ब्यक्त गरेका थिए ।

प्रहरीले यस पटक सुन तस्करीमा संलग्न र सहयोगी कर्मचारीलाई संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको