Like us!
Follow us!
Connect us!
Watch us!

बलात्कारको आरोपमा सैनिक जवान पक्राउ

रबिन दङगाल

शुक्रबार, १३ असार २०७६, १६ : ०४ मा प्रकाशित

बलात्कारको आरोपमा सैनिक जवान पक्राउ

अर्थ संसार, डोटी- जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उक्त कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नै नाताकी महिलालाई निज विष्टले जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको बताए । 

विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार ब्यारेक हेटौँडामा जवान पदमा कार्यरत छन् । प्रहरी निरीक्षक सुरेन्द्र बमका अनुसार यही असार ८ गते राति सो घटना भएको थियो । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको