Like us!
Follow us!
Connect us!
Watch us!

के – के छन् फेसबुकका फाइदा तथा बेफाइदा ?

आइतबार, २३ माघ २०७३, १३ : ३८ मा प्रकाशित

के – के छन् फेसबुकका फाइदा तथा बेफाइदा ?

अर्थसंसार

काठमाडौँ – सामाजिक संजालहरु मध्ये फेसबुक निकै लोकप्रिय छ । दैनिक ५ सय मिलियनभन्दा बढीले फेसबुक चलाउने गर्छन् । के तपाईंलाई फेसबुकको फाइदा र बेफाइदाको बारेमा जानकारी छ ? यस्ता छन् फेसबुकका फाइदा तथा बेफाइदा । 

फेसबुक चलाउनुको फाइदा 

१. फेसबुकले सूचना आदान प्रदान गर्न सयोग गर्छ ।

२. फेसबुकमा म्यासेज च्याटको साथै अडियो तथा भिडियो च्याट गर्न सकिन्छ । 

३. आफ्नो स्कुल, कलेज तथा अन्य साथीहरुसँग सम्पर्कमा बस्न फेसबुकले सघाउँछ ।

४.फेसबुकले व्यापार प्रवधनमा सयोग पुर्याउँछ । 

५.  फेसबुकमा विभिन्न खेलहरु खेलेर मनोरञ्जन लिन सकिन्छ । 

६. फेसबुकले पुराना तथा हराएका साथीहरु खोज्न मद्दत गर्छ ।

७. खाली समयमा फेसबुक चलाएर समय कटाउन सकिन्छ । 

८. फेसबुकबाट आफू रहेको ठाउँको जानकारी सबै साथीहरुलाई एकै पटक दिन सकिन्छ । 

फेसबुक चलाउनुको बेफाइदा

१. फेसबुक धेरै चलाउने बानीले समयको बर्वाद गर्छ र अल्छिपन बढाउँछ  ।

२. फेसबुकमा फोटो या स्टाटस राखेपछि कति लाइक या केके कमेन्ट आयो भन्ने दिमाखमा खेलिरहेर अन्य काममा ध्यान नजान सक्छ । 

३. फेसबुकमा राखेको फोटो कसैले डाउनलोड गरेर त्यसको दुरुपयोग पनि गर्न सक्छन् । 

४. फेसबुकमा धेरै फ्रेन्ड रिक्वेस्ट आएर ऐसेप्ट नगर्दा साथीसँग दुश्मनी हुन सक्छ । 

५. फेसबुकमा आउने अनावश्यक म्यासेज/रिक्वेस्टले तनाव दिन सक्छ ।

६. अनावश्यक भाइरसले नकरात्मक लिंकहरु सेयर भएर साथीभाईमा नराम्रो प्रभाव पर्न सक्छ । 

७.   फेसबुकले दाम्पत्य जीवनमा समेत असर गर्न सक्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको