Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी, योग्यता कति ? (सूचनासहित)

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, १२ : ४८ मा प्रकाशित

विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी, योग्यता कति ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पद,तह र विभिन्न स्थानका लागि सय जना भन्दा बढी कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृत तथा सहायकस्तरमा रिक्त रहेका पदका लागि नयाँ विज्ञापन आह्वान गरेको हो । 

प्राधिकरणले दशौं तहको लागि प्राविधिक तर्फ ३ जना, नवौं तहमा ५ जना, आठौं तहमा ३ जना, सातौ तहमा एक सय जनाको लागि नयाँ विज्ञापन आह्वान गरेको छ । सातौ तहमा सबैभन्दा बढी सिभिल ईन्जिनियरिङको लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै तह ५ देखि तह ३ सम्मका लागि विज्ञापन खोलेको हो । 

परीक्षाको मिति र समय भने पछि प्रकाशित गरिने जनाएको छ । योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले प्राधिकरणका केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरुमा दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । 

5d15c23e69a03.jpg 5d15c23e6f67e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको