Like us!
Follow us!
Connect us!
Watch us!

छुटाउन त भाको छैन ? हिमाल दोलखा हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका

मिलन खड्का

शुक्रबार, १३ असार २०७६, १० : ४६ मा प्रकाशित

छुटाउन त भाको छैन ? हिमाल दोलखा हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं- हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आइपीओ भर्ने  म्याद आज सकिदै छ। कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो जसमा तोकिएको समयमा मागेजति आवेदन नपरेपछि कम्पनीले पुनः म्याद थप गरेको हो। यसअघि छिटोमा जेठ २८ गते मंगलबारसम्म आइपीओ भर्न पाउने व्यवस्था गरिएको थियो ।

यसले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । जसमा आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
 
लगानीकर्ताले लक्ष्मी बैंक, (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलामं), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ ।
 

5d15d2845ccd7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको