Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको ‘स्मार्ट टेलर’ सेवा संचालनमा (फोटोफिचर)

विहीबार, १२ असार २०७६, १८ : ०२ मा प्रकाशित

कामना सेवा विकास बैंकको ‘स्मार्ट टेलर’ सेवा संचालनमा (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–  कामना सेवा विकास बैंक लिमिटेडले “स्मार्ट टेलर” सेवा संचालनमा ल्याएको छ ।

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो ।  


बैंकको मोवाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको QR Code को मार्फत चेकबुक र ATM कार्ड बिना नै निकाल्न सक्नु हुनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

5d14b6f56a7a9.jpg 5d14b6f83120f.jpg 5d14b6fa22516.jpg 5d14b6fcc684f.jpg 5d14b6ff74988.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको