Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुरमा छात्रालाई साइकल वितरण

रबिन दङगाल

विहीबार, १२ असार २०७६, १५ : ५१ मा प्रकाशित

जनकपुरमा छात्रालाई साइकल वितरण

अर्थ संसार, जनकपुरधाम- मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत ११४ छात्रालाई साइकल प्रदान गर्नुभएको छ । श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत ती छात्रालाई मुख्यमन्त्री राउतले आज सोही विद्यालयमा आयोजित कार्यक्रममा साइकल प्रदान गर्नुभएको हो ।  
मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढाटाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने विश्वास व्यक्त गरे । 

उनले प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालय निर्माणजस्ता कार्यक्रमलाई अघि बढाएर महिला सशक्तीकरणमा प्रदेशलाई अग्रपङ्क्तिमा राख्ने सोच लिएको बताए । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला शिक्षाबिना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारले एकपछि अर्को कार्यक्रम ल्याउन लागेको बताए। उनले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गरे ।

त्यसैगरी सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागिसमेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको बताए । 

प्रदेशसभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जयनुल राइन, प्रमिलादेवी दास, चमेलीदेवी दाससहितका वक्ताले शुभकामना मन्तव्य राखेका  थियो । 
प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश नं २ भित्रका सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको