Like us!
Follow us!
Connect us!
Watch us!

वातावरणमैत्री झोला प्रयोग : प्लाष्टिक झोलाको साटो कपडाका झोला

रबिन दङगाल

विहीबार, १२ असार २०७६, १४ : ५९ मा प्रकाशित

वातावरणमैत्री झोला प्रयोग : प्लाष्टिक  झोलाको साटो कपडाका झोला

अर्थ संसार, तुलसीपुुर-  घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवद्र्धन गर्न  तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पुर्याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो ।

बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाका महिला सहभागी छन् । नगर प्रमुख नरुलाल चौधरीले प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन र  त्यसको प्रयोग हटाउँदै वातावरणमैत्री झोला प्रयोग अहिलेको आवश्यकता भएको बताए। कपडाको झोला प्रयोगमा आउन थालेपछि रोजगारी र आर्थिक उपाजर्नमा समेत त्यसले सहयोग पुर्याउने उनको भनाइ थियो ।
 
नारी सीप विकास संस्थाका अध्यक्ष विष्णु थापाले सानो लगानीमा वातावरण र  मानवीय स्वास्थ्यमा प्रभाव पार्नाका साथै आयआर्जनसमेत  हुने भएकाले सो तालीम सञ्चालन गरिएको जानकारी दिए। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको