Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची खानेपानी : तीन दिनभित्र रकम दाबी गर्न आग्रह

रबिन दङगाल

विहीबार, १२ असार २०७६, ११ : १५ मा प्रकाशित

मेलम्ची खानेपानी : तीन दिनभित्र रकम दाबी गर्न आग्रह

अर्थ संसार, मेलम्ची- मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो ।

मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन गरिरहेकालाई  तीन दिनभित्र आधिकारिक प्रमाणसहित आफ्नो भुक्तानी लिन बाँकी रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई यसअघि फर्काइदिएका स्थानीय ठेकेदारले गत सोमबार बसेको बैठकमा दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने सहमति भएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताए । 
 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको