Like us!
Follow us!
Connect us!
Watch us!

महानगरले ढाड सेक्ने गरी पार्किङ शुल्क उठाउँदा व्यवसायी मर्कामा

कमला भुसाल

बुधबार, ११ असार २०७६, १४ : १३ मा प्रकाशित

महानगरले ढाड सेक्ने गरी पार्किङ शुल्क उठाउँदा व्यवसायी मर्कामा

कमला भुसाल

अर्थ संसार, काठमाडौं– राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा सञ्चालनमा आएको स्मार्ट पार्किङले सर्वसाधारणलाई सहज भए पनि ढाड सेक्ने गरी पार्किङ शुल्क उठाउँदा व्यवसायी भने मर्कामा परेका छन् । 

यही असार १ गतेदेखि स्मार्ट पार्किङ्ग सञ्चालनमा आएको हो । न्युरोडमा  विभिन्न स्थानमा राखिएको स्मार्ट पार्किङले आम जनतालाई सहज त भयो तर, न्युरोड भित्र रोजगारी गर्ने र व्यवसायीलाई भने पार्किङ शुल्कले मर्कामा पारेको उनीहरुको गुनासो रहेको छ । 

ललितपुरबाट विशाल बजार आएका गोपालले स्मार्ट पार्किङमा सवारी साधन राख्दा सुरक्षा हुने भयो तर, ५ मिनेट र एक घण्टाको पार्किङ शुल्क २५ नै भएका कारण आम मानिसलाई असहज भएको उनले बताए ।

दुईपाङ्ग्रे पार्किङमा सवारी साधनमा समय अनुसारको शुल्क नभएको भन्दै उनले समय अनुसारको शुल्क हुनुपर्ने गुनासो व्यक्त गरे । महानगरले स्मार्ट पार्किङमा यसरी समय अनुसारको शुल्क निर्धारण नगर्दा थोरै समय पार्किङ गर्नेलाई घाटा हुने उनले बताए । तर, शुल्क तिरेर पनि सवारी साधनको सुरक्षा हुने भएकाले आफु स्मार्ट पार्किङको सेवा प्रति खुसी भएको बताए ।  उनि भन्छन् 'मिनेट अनुसारको शुल्क लिएको भएमा अझ स्मार्ट पार्किङको महत्व बढ्ने थियो।'

त्यसैगरि न्युरोडको विशाल बजार नजिकै पसलमा काम गर्न आउने निता खड्का भने स्मार्ट पार्किङले आफुलाई समस्या परेको गुनासो गरिन् । उनी कामको लागि दैनिक जोरपाटीदेखि न्युरोडसम्म आफ्नै सवारी साधनमा आवतजावत गर्ने गर्छिन् । उनलाई स्मार्ट पार्किङमा दैनिक ७ /८ घण्टा आफ्नो साधन पार्किङ्ग गनुपर्छ । उनलाई दैनिक २ सय भन्दा बढि पार्किङ शुल्क लाग्न थालेको कारण पार्किङको लागि चिन्ता हुन थालेको बताउँछिन् ।  उनी भन्छिन्, ‘एकछिन पार्किङगर्न पाउने व्यक्तिलाई सहज र उनिहरुको सवारी साधनको सुरक्षा भएपनि हामी सानासाना पसलमा काम गर्नेहरुको लागि भने स्मार्ट पार्किङले ठुलो समस्यामा पारेको छ ।’ 

विशाल बजार अगाडी पार्किङ सेवाको शुल्क उठाउँदै आएका  निरज परियार  स्मार्ट पार्किङमा र्दुइपाङ्ग्रे साधन राख्ने वित्तिकै पच्चिस रुपैंया लाग्छ ।  एक घण्टा २ मिनेट देखि १० मिनेट सम्म ४० रुपैंया र त्यहाँ भन्दा बढि भएमा ५० रुपैंया शुल्क लाग्ने बताए । उनका अनुसार  दैनिक ३० हजार  देखि ५० हजार सम्म दैनिक शुल्क संकलन हुने बताए ।  १ सय ५० बटा दुई पाङ्ग्रे साधन राख्ने स्थानमा उक्त रकम संकलन हुने बताए । 

स्मार्ट पार्किङ सञ्चालन भएदेखि अनलाई माध्यमबाटै बुकिङ गरेर आउनेका संख्या भने निकै कम छ । १० दिनको अवधिमा हेर्ने हो भने २० सय जना जतिले मात्र अनलाई सिस्टमलाई फलो गरेको बताए । पार्किङमा धेरै भिड हुने भनेको ३ बजे देखि ४ सम्मको समय अवधिमा मात्र धेरै भिड हुने गरेको धारण व्यक्त गरे । 

त्यस्तै गरि धर्मपथमा चारपाङ्ग्रे सवारी साधन पाकिङ  स्थल बनाइएको छ । ५०  वटा  चारपाङ्ग्रे सवारी साधन राख्नको लागि बनाएको स्थालमा पनि पिडा उस्तै छ । पार्किङ स्थलमा राख्न वित्तिकै पार्किङ शुल्क ८० रुपैंया लाग्ने उक्त स्थानमा काम गर्दे आएका हिमाल तामाङले बताए । उनका अनुसार १ घण्टा बराबरको ८० शुल्क हो भने एक घण्टा १० मिनेट  सम्म १२० लाग्छ भने दुई घण्टाको १ सय ६० रुपैंया शुल्क लाग्ने बताउँछन् । समय अनुसारको शुल्क पनि बढ्दै जान्छ । 

पाँच स्थानमा बनाएको स्मार्ट पार्किङले मात्र न्युरोड एरियाको पार्किङस्थल पुग्दैन । पार्किङ जनताको लागि बनाइएको हो । व्यवसायी र कर्मचारीहरुले आफ्नो काम गर्ने भवन भित्र नै पार्किङ गर्ने नियम बनाइएको छ ।  व्यवसायी र न्युरोडमा काम गर्ने व्यक्तिहरुलाई ७ /८ घण्टा पार्किङ गर्न स्मार्ट पार्किङ बनाएको होइन । व्युरोडमा आफ्नो काम विशेष र घुम्न आउनेहरुको सहजताको लागि  स्र्माट पार्किङ बनाएको काठमाडौं महानगरपालिकाको प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको