Like us!
Follow us!
Connect us!
Watch us!

सलमानमाथि पुनः खतराको घण्टी, फेरी आपराधिक मुद्दा दर्ता

कमला भुसाल

बुधबार, ११ असार २०७६, १३ : ०७ मा प्रकाशित

सलमानमाथि पुनः खतराको घण्टी,  फेरी आपराधिक मुद्दा दर्ता

अर्थ संसार, काठमाडौं - बलिउडका दबंग स्टार भनेर चिनिने सलमान खानको विवादसँग पुरानो नाता छ । उनी थुप्रै पटक अदालतको चक्कर काटिसकेका छन् । यसपटक उनीमाथि  पुनः खतराको घण्टी बजिरहेको छ । उनीविरुद्ध विभिन्न संगीन आरोप लगाउँदै मुद्दा दर्ता गरिएको छ । यो उजुरी मुम्बईको एक पत्रकारले दर्ता गरेका हुन् । जसमा सलमानमाथि गम्भीर आरोप लगाएका छन् ।

एएनआईले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । यस अनुसार सलमान खानविरुद्ध पत्रकार अशोक पाण्डेयले आपराधिक मुद्दा दर्ता गरिएको छ । जसमा उनीविरुद्ध लुटपाट, हिंसा, आपराधिक गतिविधि र धम्काएको आरोप छ । अशोक पाण्डेयले सलमान खानले साइकल चलाइरहेको देखेपछि भिडियो बनाउने कोसिस गरेपछि जुन घटना भयो, त्यसमा आपत्ति जनाउँदै मुद्दा दर्ता गरेका हुन् ।  

पत्रकार अशोक पाण्डेयले अंधेरीको अतिरिक्त मुख्य मेट्रोपोलिटन मेजिस्ट्रेट आर खानको अदालतमा चोट पुर्याएको, लुटपाट र आपराधिक धम्की दिएको भन्दै मुद्दा दर्ता गरेका छन् ।

ऊजुरीको आधारमा कथित घटना अप्रिल २४ तारिख बिहानको हो । जब सलमान खान साइकल चलाइरहेका थिए र उनका दुई अंगरक्षक उनीसँगै थिए । पाण्डेयका अनुसार उनी कारमा यात्रा गरिरहेका थिए र अभिनेतालाई देखेपछि उनको भिडियो बनाउन उनका अंगरक्षकसँग सहमती लिएका थिए । यद्यपि, सलमान खान त्यसपछि रिसाए जसका कारण उनका बडिगार्ड उनको कारतर्फ बढेर उनलाई कुटपिट गर्न थाले ।

सलमानले उनीमाथि कुटपिट गरेको र उनको मोबाइल खोसेको पाण्डेयको आरोप छ । पुलिसले उनको उजुरी नलेखेपछि आफू यसका लागि अदालत नै जानु परेको उनले बताए । उक्त आवेदनमा १२ जुलाईमा सुनुवाई हुनेछ । एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको