Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली

रबिन दङगाल

बुधबार, ११ असार २०७६, १२ : १७ मा प्रकाशित

काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली

अर्थ संसार, काठमाडौँ-  नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । 

कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ भएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिए। काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो । 
    
उक्त पदमा मनोनयन भएसँगै काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीलाई आजै काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिएका छन । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको