Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य

कमला भुसाल

बुधबार, ११ असार २०७६, १२ : १५ मा प्रकाशित

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य

अर्थ संसार, काठमाडौं- नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् ।

शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका छन् । त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट एक-एक जनाप्रतिनिधि रहेका छन् ।


एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको