Like us!
Follow us!
Connect us!
Watch us!

बाँकेमा ६ अर्ब बढी बजेट

रबिन दङगाल

बुधबार, ११ असार २०७६, ११ : ४२ मा प्रकाशित

बाँकेमा ६ अर्ब बढी बजेट

अर्थ संसार, बाँके- बाँकेका आठ स्थानीय तहले रु छ अर्ब बढी बजेट सार्वजनिक गरेका छन् । मङ्गलबार सार्वजनिक बजेटअनुसार आठ वटै स्थानीय तहको बजेट रु. छ अर्ब १२ करोड २० लाख ८४ हजार रहेको छ । जसअनुसार नेपालगञ्ज उपमहानगरपालिकाको बजेट सबैभन्दा बढी रु. दुई अर्ब २८ करोड १८ लाख ५४ हजार रहेको छ भने सबैभन्दा कम बैजनाथ गाउँपालिकाको रु.३१ करोड ४२ लाख ५९ हजार रहेको छ ।

त्यस्तै कोहलपुर नगरपालिकाले रु.८० करोड ६१ लाख, राप्तीसोनारी गाउँपालिकाले रु.७२ करोड छ लाख ३२ हजार, खजुराले रु.६६ करोड २६ लाख ६५ हजार, जानकीले रु.५१ करोड ५१ लाख ५१ हजार, नरैनापुरले रु.४३ करोड ३४ लाख एक हजार र डुडुवा गाँउपालिकाले रु.३८ करोड ४० लाख २२ हजारको बजेट सार्वजनिक गरेका छन् । 

सङ्घीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि देशभरका सबै स्थानीय तहलाई मङ्गलबारसम्मको समय सीमा तोकेको थियो । यसअघि स्थानीय तहहरुले सङ्घ र प्रदेशको बजेटपछि स्थानीय तहको बजेट बनाउनुपर्ने र त्यसको समयसीमा कम भएको भन्दै समयसीमा बढाउन आग्रह गरेका थिए । तर, सङ्घीय सरकारले मङगलबारकै दिन नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देश गरेपछि बाँकेका आठवटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको