Like us!
Follow us!
Connect us!
Watch us!
लोट्टे जी.आर.एस र हिमालय एन.के बीच सम्झौता (फोटोफिचर)

कोरियाको बहुचर्चित रेष्टुरेण्ट ‘लोट्टेरिया’’ नेपालमा

कमला भुसाल

मंगलबार, १० असार २०७६, १५ : २५ मा प्रकाशित

कोरियाको बहुचर्चित  रेष्टुरेण्ट ‘लोट्टेरिया’’ नेपालमा

अर्थ संसार, काठमाडौं–दक्षिण कोरियाको कम्पनी लोट्टे ग्रुप अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा सञ्चालन हुने भएको छ ।

रेष्टुरेण्ट संचालनको लागि मंगलबार  लोट्टे जी.आर.एस र हिमालय एन.के बीच फ्रेन्चाइज सम्झौता भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा दुवै कम्पनीका प्रमुखबीच व्यवसायीक सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै आपूर्ति मन्त्री यावदले भने–‘नेपाल विदेशी लगानीको लागि उपयुक्त स्थान हो, सरकारले पनि विदेशी लगानीलाई बढी प्राथामिकता दिएकाले नीति तथा नियमहरु खुकुलो बनाएको छ ।’  

४० वर्षदेखि संचालित ‘लोट्टेरिया’ले हाल दक्षिण कोरिया सहित भियतनाम, म्यान्मार, इन्डोनेसिया,कम्बोडिया लगायतका १६०० भन्दा बढी देशहरुमा  फ्रेन्चाइज रेष्टुरेण्ट संचालन गरिरहेको छ। रेष्टुरेण्ट फ्रेन्चाइज विजनेशमा ग्लोबल लिडरको दिशामा अगाडी बढेको ‘लोट्टेरिया’ चिकेन र बर्गरको लागि विश्वप्रख्यात छ।

5d121cb41fd85.jpg 5d121cb730e16.jpg 5d121cbf8a1b9.jpg 5d121e0ae0604.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको