Like us!
Follow us!
Connect us!
Watch us!

तीन वटा विकास बैंकलाई एक्वायर गर्न एकैदिन एजिएम

कमला भुसाल

मंगलबार, १० असार २०७६, ११ : ५१ मा प्रकाशित

तीन वटा विकास बैंकलाई एक्वायर गर्न एकैदिन एजिएम

अर्थ संसार, काठमाडौं- तीन वटा विकास बैंकले एक्वायर गर्ने प्रस्ताव पारित गर्न एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्।  

शाइन रेसुंगा, पूर्णिमा र भार्गव विकास बैंकले असार २७ गते एकै दिन विशेष साधारण सभा गर्ने भएका हुन्। सभामा शाइनले पूर्णिमा र भार्गवलाई प्राप्ति गर्ने भएको हो  । एक्विजिसन प्रयोजनका लागि लेखापरीक्षकले तयार गरेको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा त्यसका आधारमा निर्धारण भएको सेयर स्वाप रेसियो पारित गर्ने मुख्य एजेन्डा सभामा पेश हुनेछ ।
 
यस्तै, एक्विजिसन प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । शाइन रेसुंगाले पूर्णिमा र भार्गव विकास बैंकलाई एक्वायर गरिसकेपछि कायम हुने पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।
 
शाइनले एसियन भिलेज रिसोर्ट, बुटवल भैरहवामा विशेष साधारण सभा गर्नेछ । यसैगरी, पूर्णिमाको होटल पैवा, सिद्धार्थनगर रुपन्देही र भार्गवको होटल सिद्धार्थ भ्यू, नेपालगंजमा बस्नेछ । यी ३ वटै बैंकले बिहान ११ बजे सभा सुरु गर्नेछन् । 
 
शाइन रेसुंगा र पूर्णिमाले गत फागुन २६ गते एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, भार्गवसँग वैशाख ३१ गते सहमति पत्रमा हस्ताक्षर भएको हो । एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको भोलीपल्टदेखि पूर्णिमा र भार्गवको सेयर कारोबार रोक्का रहेको छ । उक्त मितिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।
 
यता, शाइन रेसुंगाले भने सभा प्रयोजनका लागि असार १९ गतेदेखि बुक क्लोज गर्नेछ । असार १८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको