Like us!
Follow us!
Connect us!
Watch us!

डलर संगै अन्य देशको विदेशी मुद्राको भाउ घट्यो (सूचीसहित)

कमला भुसाल

मंगलबार, १० असार २०७६, १० : ५३ मा प्रकाशित

डलर संगै अन्य देशको विदेशी मुद्राको भाउ घट्यो (सूचीसहित)

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले असार १० गते मंगलबारका लागि अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ६७ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा कायम गरेको छ। सोमबार अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो। 

त्यसैगरी आज युरोपियन एक युरोको खरिददर १२६ रुपैयाँ १३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८१ पैसा कायम गरेको छ।  सोमबार युरोपियन एक युरोको खरिददर १२६ रुपैयाँ १७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो। 

केन्द्रिय बैंकले आज मंगलबारका लागि  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ १६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९२ पैसा कायम गरेको छ।  सोमबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो।  

त्यसैगरी आज कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ८२ पैसा कायम गरेको छ भने बिक्रीदर ३६६ रुपैयाँ ८० पैसा कायम गरेको छ।  

केन्द्रिय बैंकले आज बहराइन एक दिनारको खरिददर २९३ पैसा ५५ पैसा र बिक्रीदर २९५ रुपैयाँ १४ पैसा रहेको छ। अन्य देशको विदेशी मुद्राको भाउ हेर्नुहोस 

5d11b2c3619c0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको