Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको ४० औं शाखा कालिमाटीमा

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १७ : २७ मा प्रकाशित

जनरल इन्स्योरेन्सको ४० औं शाखा कालिमाटीमा

अर्थ संसार, काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कालिमाटीमा नयाँ शाखा विस्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा)का पोलिटव्यूरो सदस्यएंव सघिय संसदका सांसद तथा पुर्व स्थानिय विकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकार आर्थिक समृद्धी र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धीसँगै जोडिनुपर्ने वताए । श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमाआत्मसाथगर्नसके भैपरि आउनसक्ने जोखिमलाई कमगर्न सहयोग पुग्ने वताए । 

कम्पनीका अध्यक्ष कुनलक्यालले छोटो समयमा कम्पनीले आफनो नेटवर्कलाई देशभर पुर्याउन सफल भएको वताए । 

उनले उपत्यकाको ११औ शाखाको रुपमा कालिमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा सञ्चालन भएको बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षभित्र ६० वटा शाखा सञ्जाल पुर्याउने र अधिकृत पूजी, १ अर्व पुयाउने वताए । 

हालकम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटरबीमा, स्वास्थ्यबीमा, पैसाकोबीमा, माइक्रो, क्याटल, अन्नबालिको बीमा घर तथा अर्पाटमेन्टको बीमा गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको