Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १५ : ३३ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

अर्थ संसार, काठमाडौं- प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

उक्त सम्झौता पश्चात ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्ती मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।
खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले अब प्रिमियर इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स अफिस वा बैंक धाइराख्नु नपर्ने बताए । उनले आफ्नो मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सकिने बताउदै, नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात भएको बताए । निर्देशक अग्रवालले पार्टनरशिप सँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सार्न सफल भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको