Like us!
Follow us!
Connect us!
Watch us!

धनकुटामा पनि टेलिकमको एफटीटीएच सेवा सुरु

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १४ : २५ मा प्रकाशित

धनकुटामा पनि  टेलिकमको एफटीटीएच सेवा सुरु

 

अर्थ संसार काठमाडौं- नेपाल टेलिकमले धनकुटामा पनि एफटीटीएच सेवा सुरु गरेको छ । टेलिकमले नवीन र अत्याधुनिक सुचना प्रविधिको रुपमा रहेको एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र इन्टरनेट प्रयोगमा ल्याउने सेवाको शुरुवात गरेको हो ।

कम्पनीले गत शुक्रबार धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनको सुभारम्भ गरेको थियो । टेलिफोनबाट प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन गरेर सेवाको उद्घाटन गरेका थिए । प्रदेश न.१ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानमा टेलिकमको महत्वपूर्ण सहयात्री रहेको राईले बताए ।

उनका अनुसार २०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको छ । टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा विस्तार गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको