Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार रमेश पौडेल सहित विभिन्न व्यक्ति तथा संस्था सम्मानित

आइतबार, ०८ असार २०७६, १८ : २२ मा प्रकाशित

पत्रकार रमेश पौडेल सहित विभिन्न व्यक्ति तथा संस्था सम्मानित

अर्थ संसार, पोखरा - एसओएस बालग्रामको ७० औं वर्ष तथा एसओएसका संस्थापक प्रा.डा. हरमन माइनरको सयौं जन्म जयन्तिको अवसरमा एसओएस चिल्ड्रेन भिलेज गण्डकीले पत्रकार रमेश पौडेल लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

रेडियो बाराही पोखराका कार्यकारी निर्देशक समेत रहनु भएको पत्रकार पौडेलले पत्रकारिताको माध्यमबाट बालबालिका एवं समाजको विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै सो सम्मान पत्रद्वारा सम्मानित गरिएको हो । उहाँलाई गण्डकी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले सम्मान गर्नुभएको हो । त्यसैगरि सम्मानित हुनेहरुमा पत्रकार लालप्रसाद शर्मा र म्याग्दीका पत्रकार हरिकृष्ण गौतम रहनुभएकोे छ ।

भिलेजले सामाजिक क्षेत्रमा काम गर्ने अन्य व्यक्ति एवं संस्थालाई सम्मान गरेको छ भने भिलेजमा कार्यरत कर्मचारी, शिक्षकलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ । कार्यक्रममा भिलेजलाई सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा योजना आयोजका उपाध्यक्ष डा.शर्माले एसओएसबाट उत्पादित शैक्षिक जनशक्ति बजारको माग अनुरुप हुनुपर्नेमा जोड दिनुभयो । भिलेजका फादर भगवत श्रेष्ठले एसओएस बालग्रामले प्रत्यक्ष रुपमा १२ सय बढि बालबालिकाको अभिभावकत्व गरेको तथा अप्रत्यक्ष रुपमा ४६ हजार बढि बालबालिकालाई लाभान्तिव तुल्याएको बताउनुभयो ।

अष्ट्रियको इम्समा अवस्थित एसओएसका नेपालमा भने १० वटा बालग्राम, ७ वटा हर्मन माइनर, ९ वटा युवालय, ३ वटा व्यवसायिक केन्द्र, ११ वटा सामाजिक केन्द्र र एउटा पूर्व प्रावि तथा आपत्कालिक कार्यक्रम समेत सञ्चालन गर्दैै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको