Like us!
Follow us!
Connect us!
Watch us!

आज एशियन लाइफको लीलामी शेयर खरिद गर्ने अन्तिम मौका

आइतबार, ०८ असार २०७६, १० : ५८ मा प्रकाशित

आज एशियन लाइफको लीलामी शेयर खरिद गर्ने अन्तिम मौका

अर्थ  संसार, काठमाडौं–  आसार १ गतेदेखि विक्रीमा आएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयरका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले संस्थापकतर्फ २ लाख १८ हजार ४२०.७ कित्ता र सर्वसाधारणतर्फ २ लाख १८  हजार ९३९.३ कित्ता शेयर लीलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदकले शेयर खदिरका लागि बोलपत्र पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

अधिकतम सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिन्छ । विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ।  कम्पनीको अन्तिम शेयरमूल्य बिहीबार ३८८ रुपया“ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको