Like us!
Follow us!
Connect us!
Watch us!

भेरी अस्पतालमा नयाँ भवनको निर्माण शुरु

रबिन दङगाल

शुक्रबार, ०६ असार २०७६, १२ : ४१ मा प्रकाशित

भेरी अस्पतालमा नयाँ भवनको निर्माण शुरु

अर्थ संसार, नेपालगञ्ज, सङ्घीय सरकार अन्तर्गत रहेको नेपालगञ्जको भेरी अस्पताल परिसरमा अत्याधुनिक ‘इनडोर ब्लक’ ९ बिरामी भर्ना कक्ष को निर्माण कार्य शुरु गरिएको छ । शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जले सो ब्लकको भवन निर्माण शुरु गरिएको हो ।

अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीका अनुसार तीन वर्षभित्र निर्माण सक्ने समयसीमा तोकिएको भवन निर्माणका लागि झण्डै रु ३८ करोड विनियोजन गरिएको छ ।

यसैबीच नेपालगञ्ज उपमहानगरपालिका–२३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा भवन निर्माण भएको हो । उक्त स्वास्थ्य केन्द्रबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्श लगायतका सेवा शुरु गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको